कोरोना फेरि भयावह अबस्थामा : तत्काल विद्यालय बन्द नगरिने, सभा–समारोह नगर्न निर्देशन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२, काठमाडौं । शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई विद्यालय निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेको सन्दर्भमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आज मन्त्रालयमा बसेको बैठकमा कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको छ ।

मन्त्रालयले सम्बन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस