भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १३, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १३, काठमाडौ । भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा पौडेलले भने । उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा। पौडेलले बताए। ‘संक्रमितको नमुना संकलन गर्छौं । नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं । भारतमा देखिएको डबल म्युटेन्ट दोहोरो उत्परिवर्तन भएको भाइरस होरहोइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टसँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ । आवश्यक परे विश्व स्वास्थ्य संगठन डब्लूएचओको प्रयोगशालामा पनि पठाइने डा पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस