जेठ १५,काठमाडौँ । इङ्गलिस क्लब चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिन आनाकानी गरेको छ । सन् २००४ मा प्रिमियर क्लव चेल्सी खरिद गरेका अब्राहिमोभिच ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । केही दिन अघि मात्रै उनको भिसा अवधि सकिएको थियो ।
त्यसपछि बेलायत प्रशासनले उनलाई भिसा दिन अस्विकार गरेपछि उहाँ ईजरायल जानु भएको छ । इजरायलले उनलाई नागरिकता समेत दिएको छ ।
रुसी नागरिकतामा बेलायतमा लगानी गर्न असहज भएपछि अब्राहिमोभिचले ईजरायली नागरिकता लिएको अनुमान गरिएको छ ।
उनी अहिले हाल ईजरायलको तेल अभिभ पुगेका छ । पछिल्लो समय रुस र बेलायतबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बनेपछि बेलायतले रुसी नागरिकलाई भिसा दिन कडाई गर्न थालेको छ ।
बेलयातमा बस्दै आएका एक जना पूर्वरुसी जासुसको हत्या प्रयासमा रुसको संलग्नता रहेको आरोपमा बेलायतले रुससँगको कूटनीतिक सम्बन्धलाई निकै सिमित पारेको छ । रुसले भने उक्त आरोप खण्डन गर्दै आएको छ ।