बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र १६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १६, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन् ।

बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि यो समूह आक्रोशित बनेको थियो । भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याउनुु गलत भएको भन्दै उसले सरकारको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शुक्रबार ५ र शनिबार ६ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस