सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १६, काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ । सिके राउत भन्ने डा चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको हो । रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ।

बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो। पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा। राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस