नेपालमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १६, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस