थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

चैत्र १६, काठमाण्डौ । सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको हो । सङ्घर्ष समितिले उठाएका १९ बुँदे मागको विषयमा सोमवारैदेखि वार्ता सुरु हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply