गरिमा विकास बैंकले सुरु गर्‍यो “रहनुहोस् होसियार” अभियान !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १७, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र १७,काठमाडौँ । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार”नामक अभियान चलाईरहेको छ ।

यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud/Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्गमार्फत हुने ठगीे रअरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदाहुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।

यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि.विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस