बिभिन्न स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Post Thumbnail

चैत्र १७, काठमाण्डौ । दाङ, सुनसरी र जुम्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–३ पीसीओ चोकमा रा ६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुन रहेका छन् ।

यस्तै सुनसरीको दुहबी नागरपालिका–१० नहरचोकमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । को ९ प ७००० र को ४ प ६११२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ सखुवारे कलरुवाका ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको हो ।

यसैगरी जुम्लाको तिला गाउँपालिका–५ चुलाकोटमा भे २ त ५०४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका नन्दबहादुर बुढाका ६ वर्षीय छोरा अंकुश बुढाको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस