नेपालमा थप १ सय ६७ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १७, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् । तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ । हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस