मेरो सेयरमा समस्या बढ्दो : लगानी कर्ताहरु आक्रामक बन्दै, सीडीएसले कसरी गर्दैछ समाधान ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १८, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । मेरो सेयर सफ्टवेयर मंगलबार समस्या देखियो । मेरो सेयर सफ्टवेयर नचल्दा लगानीकर्ताले सोमबार बेचेको सेयर मंगलबार साँझसम्म इडीआइएस गर्न पाएनन् । यसले लगानीकर्तालाई क्लोज आउटमा परिन्छ कि भन्ने तनाव उत्पन्न गर्यो । तर यस्तो घटना भएको मंगलबार पहिलो पटक भने होइन । विगतमा पनि पटकपटक यस्ता समस्या आउने गरेको थियो ।

पछिल्लो समय मेरो सेयरमा समस्या बढ्दै जाँदा लगानीकर्ताले प्रत्येक दिन त्रासमा सेयर कारोबार गर्नु परिरहेको छ । नेपाल धितोपत्र बोर्डले ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएपछि खुशी भएका लगानीकर्तालाई इडीआइएसको समस्याले भने बारम्बार तनाव उत्पन्न गरिरहेको छ । किन भने कतै निर्धारित समयमा किनेको सेयर इडीआइस वा ट्रान्सफर गर्न नपाइएला कि भन्ने त्रास भइरहेको देखिन्छ ।

भलै सिस्टम नचलेको बेलामा सीडीएसले लगानीकर्तालाई इडीआइएस गर्ने समय त थपिदिन्छ । समय थपेको जानकारी पनि ढिला मात्रै दिन्छ । यसले गर्दा एक मिनेटमा सकिने कामका लागि लगानीकर्ता घन्टौंसम्म मेरो सेयर चल्छ कि भनेर साइट रिफ्रेस गरेर बसिरहनुपर्छ । यसले गर्दा लगानीकर्ताको समय त खेरा गएको छ नै मानसिक तनाव पनि उत्तिकै दिएको छ ।

यसरी लगानीकर्तालाई बारम्बार मानसिक तनावमा पर्दा पनि सरोकारवाला निकायहरु भने मौन बसिदिन्छन् ।मंगलबार मेरो सेयरमा आएको समस्या त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । कहिले के त कहिले कुन बाहानामा सीडीएसले ल्याएको मेरो सेयर सफ्टवेयर प्रभावकारी बन्न सकेको छैन ।

कहिले आइपीओ निष्कासन हुँदा आवेदन दिने लगानीकर्ताको संख्या बढी भयो त कहिले अर्कै कारण देखाएर मेरो सेयरको सेवा अवरुद्ध हुने गरेको छ । सीडीएसले दिएको यो हैरानीप्रति लगानीकर्ताले बारम्बार असन्तुष्टि जनाउँदै पनि आएका छन् । तर त्यसको ठोस समाधानका लागि भने सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेको छैन ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल यसरी मेरो सेयरमा बारम्बार समस्या आउँदा पनि समाधान नगर्नु नियामकको लापरवाही भएको बताउँछन् । उनले भने, विगत लामो समयदेखि सीडीएसको मेरो सेयर सफ्टवेयरमा समस्या आउँदा पनि सुधार नहुनु भनेको लापरवाही नै हो ।’ यो समस्या पुँजी बजारको विकासका लागि नै बाधक बनेको छ ।

पछिल्लो समय लगानीकर्ता प्रविधिमौत्री बन्दै गएका छन् । यस्तो अवस्थामा अनलाइनबाट आइपीओमा आवेदन दिने एउटै विकल्प मेरो सेयर सफ्टवेयर हो भने बेचेको सेयर इडीआइएस गर्न पनि यही आवश्यक हुन्छ । यस्तो अवस्थामा मेरो सेयर सफ्टवेयरलाई प्रभावकारी बनाउनु सञ्चालकको कर्तव्य हो ।

समस्या समाधानका लागि के गर्दैछ सीडीएस ?

सीडीएसले मेरो सेयरको सिस्टममा आएका समस्या समाधानका लागि आफूहरुले काम गरिरहेको जनाएको छ । सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘मेरो सेयर सिस्टममा आएको समस्या समाधानका लागि काम भइरहेको छ । यसमा आउने गरेको समस्याको अब दिगो समाधान हुन्छ । साथै, समस्या समाधानका लागि केही समय पहिले मात्रै सीडीएसले दुई वटा सिस्टम किनेर ल्याएको छ ।

मेरो सेयरमा उक्त सिस्टम अपग्रेड गरेपछि समस्याको समाधान हुने बताइएको छ । तथापि, यो प्रभावकारी रुपमा कार्यान्वयनमा आउने हो कि होइन त्यो भने हेर्न बाँकी छ । त्यसो त सीडीएसले मंगलबार साँझमात्रै समस्या समाधानका लागि काम सुरु भएको जानकारी गराएको छ ।

प्रयोगकर्ताहरु अत्याधिक बढ्दा प्राविधिक समस्या आएको र यसको समाधानका लागि आकष्मिकरुपमा थप सर्भरहरु जडान गर्न लागिएको बताएको छ । सर्भर जडान गरी डाटा माइग्रेसन गर्नका लागि मंगलबार साँझबाट केही समय सेवा अवरुद्ध हुने समेत सीडीएसले जानकारी गराएको छ । नेपाली पैसामा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस