माधव नेपाल समूहको अनेरास्ववियु भेला, १९ बुँदे प्रस्तावमा के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १८, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । माधव नेपाल समूहनिकट एमाले भ्रातृ संस्था अनेरास्ववियूको काठमाडौंमा विद्यार्थी भेला सम्पन्न भएको छ । भेलाले १९ वटा बुँदामा राखेर प्रस्ताव पेस गरेको छ । काठमाडौं रत्नराज्य क्याम्पसमा भएको भेलाले स्ववियु निर्वाचनको स्वागत गरेको छ ।

साथै अन्य शिक्षण संस्थामा पनि निर्वाचनको माग गरेको छ । विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागु गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव राखेको छ । भेलामा विद्यार्थी नेता सुदेश पराजुली, आरती लामा, महेश श्रेष्ठ, अशोक थापालगायत विद्यार्थी नेता सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस