हराइरहेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको सीतामढीमा भेटिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १८, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १८, जनकपुरधाम । मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन् । उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पर्कविहीन हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका अर्चना पासवान, सीमा पासवान, रंजना पासवान, ज्योति पासवान, रिया पासवान, नगिना पासवान र अस्मिता पासवान हुन् । नेपाली अधिकारकर्मी सरोज रायले त्यहाँका प्रहरी अधिकारीसँग बालिकाका विषयमा कुराकानी गरेका थिए ।

प्रहरी अधिकारीले बालिकाहरू सकुशल रहेको जानकारी गराएका छन् । उनीहरूको साथमा अरू कोही व्यक्ति नभएको र उनीहरूले गायक बन्नका लागि भारत हिँडेको बताएको प्रहरी अधिकारीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस