ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

चैत्र १८, ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply