महोत्तरीका सात जना किशोरी तथा बालिकालाई लाने गिरोह खोज्दै प्रहरी

Post Thumbnail

चैत्र २०, जनकपुरधाम । भारतको सीतामढीबाट उद्दार गरिएका महोत्तरीका सात जना किशोरी तथा बालिकालाई मनोविमर्शका लागि ओरेक नेपालको सेफ हाउस पठाइएको छ । उनीहरुलाई मुम्बई लान खोज्ने गिरोहलाई प्रहरीले खोजी गरिरहेको छ । समाजमा पुर्नःस्थापाना गर्न बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले ओरेकलाई काउन्सिलिङका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जनाए ।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका २ किशोरी तथा पाँच बालिका सहित सातै जनालाई मानव तस्करको गिरोहले रातारात मुम्बई लग्दै गर्दा भारतीय प्रहरीले सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस