रुरु जलविद्युतको आइपीओमा मागिएभन्दा ३५.९९ गुणा बढी आवेदन, भर्ने संख्या कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २२, काठमाण्डौ । रु रु जलुविद्युत परियोजनाको आइपीओमा १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार दिउँसो ४ः१७ बजेसम्म ९ लाख ३५ हजार ४८७ जनाले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३५.९९ गुणा बढी आवेदन हो ।

रु रु जलुविद्युत परियोजनाले शुक्रबार चैत २० गते देखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस