गैँडा गणनाका क्रममा मृत्यु भएका कर्मचारीप्रति मन्त्रीआलेद्वारा गहिरो दुःख व्यक्त

Post Thumbnail

चैत्र २३, काठमाडौ । वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरे ।

मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस