नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै

चैत्र २३, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् ।

पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन ।

आगामी २५ चैतदेखि चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट प्राप्त खोप आगामी बुधबारदेखि लगाउने योजना बनाएको हो । चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply