द साल्भेसन मिसन नेपालद्धारा दुई वटा तालिम समापन, अचार र हस्तकला तालिममा ३९ जना सहभागी !

Post Thumbnail

चैत्र २४, महादेवबेशी । द साल्भेसन मिसन नेपालले दुई वटा तालिम सम्पन्न गरेको छ । फागुण १३ गतेदेखि सुरु भएको अचार तथा हस्तकला तालिम आज एक कार्यक्रमकाबिच समापन गरिएको हो । एक हप्ताको अचार बनाउने तालिममा ११ जनाको सहभागीता थियो भने ३५ दिने हस्तकला तालिममा २८ जनाको उपस्थिती थियो । तालिममा प्रमुख अतिथीका रुपमा थाक्रे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामकुमार बस्नेत र वडा नम्बर ६ का पूर्ण बहादुर कार्की रहेका थिए । द साल्भेसन मिसन नेपालको आयोजना, ट्रेस नेपालको सहजीकरण तथा थाक्रे गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन भएको कार्यक्रम संयोजक उमेश नकर्मीले बताए । सम्पन्न भएको तालिममा सहभागीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६, ७, ८, ९ र १० मा साल्भेसन संस्थाले काम गर्दै आएको छ । साल्भेसन मिसन सँस्थाले साबिकको थाक्रे र केवलपुरका समुदायहरुको जिवनस्तर उकास्ने हेतुले काम गरिरहेको हो । यस सँस्थाका अन्य उदेश्यहरुमा जिविकोपार्जन प्रणाली सुदृढ गर्दै रोजगारीको राम्रो अबसरको सिर्जना गर्ने र स्वास्थ्य तथा सरसफाईको स्थितीमा सुधार गर्ने, प्रकोप जोखिम न्युनिकरण क्षमतामा सुधार तथा बृद्धि गर्ने लगायतका रहेका छन् ।

साल्भेसन मिसन सँस्थाले परियोजना कार्यान्वयनको दौरानमा अति कमजोर तथा बिपन्न घरपरिवारहरुलाई पहिचान गरि प्राथमिकताका साथ लक्षित समुदायको लागी चयन गरिने जनाएको छ । साल्भेसन मिसनले दिएको तालिमबाट जिविकोपार्जन र सिपमूलक तालिमबाट आम्दानी बृद्धि, पशुपालन तालिमबाट घरपरिवारमा आर्थिक बृद्धि साथै परम्परागत पेशाको अन्त्य हुने, सरसफाई एवम् तालिमबाट वातावरण जोगाउने प्रयासमा सफलता हुने लगायतका अपेक्षित उपलब्धि हासिल गर्न सकिने सामाजिक परिचालिका सानु बस्नेतले बताईन् । समुदायमा रहेका अति भुकम्प पिडित, गरिव, दैनिक जिवनयापन गर्न नसक्ने ब्यक्तिहरुको लागी जिवन उपयोगी सिप प्रदान गर्ने उदेश्यले तालिम सञ्चालन गरेको साल्भेसन सँस्थाका कोषाध्यक्ष निसान लो ले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस