सांग्रिला बैंकको १६ औँ साधारण सभा सम्पन्न

चैत्र २४, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमवार बिहान लैनचौरस्थित लैनचौर ब्याङ्केटमा आफ्नो भौतिक तथा जूम मार्फत् सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट बैंकले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बैंकले चुक्ता पूँजी २ अर्ब, ६० लाख, ६६ करोड, ४० लाख, ४ सय रहेकोमा ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०।२६३२ प्रतिशत आउने ६८ लाख ५९ हजार ५ सय ८० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७६।७७ को वित्तिय विवरण पारित तथा आर्थिक वर्ष २०७७।७८ को लागि लेखा परिक्षक नियुक्ती लगायतका प्रस्ताव पारित गरी १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको बैंकले जनाएको छ । यसैगरी हाल देशभर बैंकको ९५ शाखा कार्यालयहरु, ३१ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply