पर्व समय सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ चैत्र २४, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २४ काठमाडौ । गत शनिवार बाराहिपिठ, भक्तपुरमा कर्माचार्य समाज एवं पर्व समय सुधार राष्ट्रिय समाज नेपालको संयुक्त आयोजनामा पर्वसमय सुधार के, किन, कसरी भन्ने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि सह–प्राध्यापक आचार्यले हामीले पर्वको समय सुधार गरेनौं भने हाम्रा भावी सन्ततीहरुले हाम्रा पूर्खाहरु निकम्मा रहेछन्, हाम्रा शास्त्रहरु पनि गलत रहेछन् भनी हामीहरुलाई सराप्ने बेला आई सकेको बताए । सो कार्यक्रममा बोल्दै पछिल्लो पटक ज्योति विधि बराहमिहिरले सुधार गरेपछि हालसम्म सुधार भएको छैन र कतिपय मानिसहरुले तिमिहरु बराहमिहिर हौ त ?भन्ने प्रश्न गरेको र त्यसको जवाफमा बराहमिहिर भए त घरमै बसेर हामी सुधार गरी हाल्थ्यौं, जनताले पनि मानिहाल्थ्यो, हामी बराहमिहिर नभएर नै तपाईंहरुको सहयोगको माध्यमबाट सुधार गर्न खोजेका हौं भने ।

सो अन्तरक्रिया कार्यक्रममा प्रश्नहरुको जवाफ पनि दिएका थिए । सो कार्यक्रमम पर्वसमय सुधार राष्ट्रिय समाज नेपालका केन्द्रीय सचिव सन्दिप सापकोटाले स्वागत भाषण गरेका थिए । अध्यक्षबाट लिखित कार्यपत्र पढेर सुनाएका थिए । सो कार्यक्रमबारे प्रष्ट्याउँदै समाजका केन्द्रीय महासचिव बलरामश्रेष्ठले पर्वको सुधार अपरिहार्य भएको र नेपालपञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएको पात्रोहरुमा एक पूर्णिमा फरक परेको कुरा वि.सं. २०७४/०७५/०७६ मा लेखिएको कुरालाई नेपालपञ्चाङ्ग निर्णायक समितिको निर्णय बेगर ज्यापुन्ही (लामोदिन सम्बद्ध पूर्णिमा), यमोरीपुन्ही (छोटोदिन सम्बद्ध पूर्णिमा) भनिनलेखिएकोमा सो लेखाउन सम्मानित सर्वाेच्च अदालतमा रिट दर्ता गरेको कुरा जानकारी गराए ।

श्रेष्ठले “पञ्चाङ्गभन्नु नै तिथि, बार, योग, नक्षत्र, करण हो । सौर्य मासको राशिपञ्चाङ्ग गणनामा नआउने भएकोले यो एघार महिनाको वर्ष भन्नु नै अर्धसत्य कुरा हो । सुधारको बेला अधिकमास प्रयोग गर्ने भएको कारणबाट यहि २०८० सालको उदाहरण लिँदा वि.सं. २०८० सालमा एउटा अधिक श्रावण र अर्काे शुद्ध श्रावण गरी तेह्र महिनाको चन्द्रमास हुन्छ र अधिकमास हटाउँदा खेरी १२ महिनाको चन्द्रमास अनुसार कर्म गर्न कुनै बाधा पर्दैन भने ।

सो कार्यक्रममा बोल्दै कर्माचार्य समाज भक्तपुरका अध्यक्ष बद्रिनारायण कर्माचार्यले आफू कुरा भन्दा काममा विश्वास गर्ने र यो पर्व सुधार बारे जतिखेर सुने त्यतिखेर देखिनै लागेको बताउदै आगामी वर्षहरुमा पनि यस समाजले पर्व सुधार अभियानमा साथ सहयोग र समर्थन गर्ने बताए ।

सो कार्यक्रममा सभापतिको आशनबाट बोल्दै केन्द्रीय उपाध्यक्ष ज्योतिष केशर गोविन्द जोशीले नेपाली समाज विग्रनुमा पर्वको समय सुधार नभएरै हो । किनकी चन्द्रमाले हाम्रो मन बुद्धि बनाउँछ र मान्छे बौलायो भने त्यसको चन्द्रमा विग्रियो भनीभन्ने प्रचलन छ । अहिले देशमा गर्नुपर्ने कर्म चन्द्रमास अनुसार एक महिना ढिलो गरेको हुनाले त्यसबाट प्राप्त हुने पुण्यफल प्राप्त नभएको बताए र उपस्थित भएका सम्पूर्ण महानुभावहरुमा पर्वसमय सुधार बारे अन्रक्रिया कार्यक्रममा भाग लिनु भएकोमा धन्यबाद ज्ञापन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस