ज्योति लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत, पहिलो कारोबार मूल्य अधिकतम ३६० रुपैयाँ ८७ पैसा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २४, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकरण भएको छ । पहिलो कारोबार मूल्य न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा हुने गरी कम्पनीको दुई करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणका लागि एनएमबि क्यापिटल लिमिटेडमार्फत् ६६ लाख कित्ताका लागि खुल्ला बिक्री आह्वान गरेको थियो । त्यसमा कम्पनीका संस्थापकहरुले लगानी गरेको एक करोड ५४ लाख कित्ता सेयरसमेत गरी दुई करोड २० लाख कित्ता रहेको थियो ।

नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार धितोपत्र सूचीकरण सम्झौता सम्पन्‍न भएको हो । बुधबारबाट नेप्सेमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस