आजदेखि ग्लोबल आइएमई बैंकको ८१ हजार ५ सय कित्ता सेयर विक्री गर्दै, कति र कहिलेसम्म दिने आवेदन ?

चैत्र २४, काठमाडौं । आजदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ८१ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले फर्स्ट माइक्रोफाइनान्सको उक्त सेयर खरीद गर्न चाहाने योग्य इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र वैशाख २६ गतेसम्म पेश गर्नुपर्ने छ ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १०ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply