नेपाल-भारतको सम्बन्धलाई प्रगाढ बनाउँन खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ: सांसद् यादव

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र २४, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

चैत्र २४, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले इण्डो नेपाल महिला र पुरुष टि-ट्वान्टी सफ्टबल क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । पाँच दिनसम्म चल्ने प्रतियोगिताको सांसद् यादवले मंगलबार एक कार्यक्रम बीच उद्घाटन गरेका हुन् । पशुपति आदर्श क्लबद्वारा वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा नेपाल र भारतको विभिन्न स्थानबाट आएका टिमहरु सहभागी हुँदै छन् । प्रतियोगितामा महिला र पुरुष गरी छुट्टाछुट्टै खेल हुने आयोजक संस्थाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले खेलकुदमा एउटा लिंग विशेषको वर्चस्व अन्त्य गर्न महिलाहरुका लागि पनि प्रतियोगिताहरु आयोजना गर्न आवश्यक रहेको बताए । उनले खेल मार्फत दुई देश बीच रहेको सम्बन्धलाई थप प्रगाढ बनाउँन सहयोग पुर्याउने जनाए । सांसद् यादवले नेपाल(भारतको सम्बन्धमा कुनै सरकारले नबनाएर जनजन बीचको सांस्कृति, धार्मिक र पारिवारिक सम्बन्ध भएको बताए । कुनै सरकार आएगए पनि यो सम्बन्धमा कुनै प्रकारको खलल नपुग्ने उनले दावी गरे ।

उनले खेलकुद विकासको विषयलाई आफूले संसद्मा पनि पटकपटक उठाएको जानकारी गराउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जसपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले भारत र नेपालको विभिन्न स्थानबाट आएका खेलाडीहरुलाई शुभकामना दिँदै आयोजकलाई भविष्यमा यस्ता प्रतियोगिताहरु गराईराख्न आग्रह समेत गरे । प्रतियोगिताको पहिलो दिन भारतको राजस्थान र वीरगञ्जको सीसीसी क्लब बीच प्रतिष्पर्धा हुँदै छ । तियोगितामा भारतको मउ, राँची, पटना, कर्नाटकलगायतका स्थानबाट टिमहरुले भाग लिँदै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस