‘महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी छ’ : मन्त्री थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन १९, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९,काठमाडौँ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशभरका महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी रहेको बताएकी छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु बिक्री तथा प्रदर्शनी मेलाको उद्घाटन गर्दै मन्त्री थापाले महिला सशक्तिकरणको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीज्की उपाध्यक्ष इन्दिरा मानन्धरले महिलाहरु आत्मनिर्भर हुन सीपमूलक र व्यवसायी बन्न जरुरी रहेको बताइन् । उनले महिलाहरुलाई उद्यमी र व्यवसायी हुन सुझाव दिइन् ।

मेलामा तयारी पोसाक, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, गरगहना तथा विभिन्न खानाका परिकारका ९० स्टलहरु राखिएका छन् ।

मेला तीन दिनसम्म चल्ने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस