शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन तीन वटा हेलिकप्टरको प्रयोग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २९, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २९ काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ ।

बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलका अनुसार हेलिकोप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न मिल्छ । ‘दुई र तीन वटा हेलिकोप्टर छ, पालैपिलो पानी हालिरहेको छ’, उनले भने, ‘दमकलले भेट्ने ठाउँबाहेकका क्षेत्रमा हेलिकोप्टरबाट पानी हालिएको हो ।’खरेलका अनुसार डढेलो वस्ती छेऊमा आउन लागेकाले त्यसक्षेत्रमा दमकल राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस