रुपन्देहीमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ३१, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ३१,काठमाडौँ । पार्टीभित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्रता पाएको छ । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।

जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भईरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले बताए ।

यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस