गण्डकी प्रदेशका मुख्यमन्त्रीबिरुद्ध आजै अविश्वासको प्रस्ताव ! कांग्रेसको नेतृत्वमा नयाँ सरकार

बैशाख २,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा सरकार बनाउने राजनीतिक एजेण्डामा विपक्षी दल एक ठाउँ उभिने भएका छन् । घटनाक्रमको विकाससँगै बुधबारै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जान माओवादी सहमत भइसकेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्री कसलाई बनाउने त्यो पनि खुलाउनुपर्ने पर्ने व्यवस्था छ । सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेको संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा माओवादी र जसपा सरकारमा जाने पक्का भइसकेको छ । अविश्वासको प्रस्तावको पक्षमा रहे पनि राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने बताइरहेको छ । ‘कांग्रेसको नेतृत्वमा सरकारमा जाने निश्चित भइसक्यो । आजै बिहान ११ बजेतिरै अविश्वासको प्रस्ताव दर्ता गराउन भेला हुँदैछौं,’ माओवादी वार्ता टोलीका सदस्य रामजी बरालले भने, ‘अविश्वासको प्रस्ताव दर्ता गराइसकेपछि अरु छलफल र निर्णय हुँदै जान्छन् ।’

अविश्वासको प्रस्ताव दर्तासँगै दलहरुले मन्त्रालय र मन्त्रीको बाँडफाँटमा गृहकार्य गर्ने छन् । मन्त्री हुन सबै दलमा दौडधुप र कसरत चलिरहेको छ । कांग्रेसले मुख्यमन्त्री पाउने भएपछि अर्थ वा भौतिक पूर्वाधार विकास मन्त्रालयमा माओवादीको दाबी छ । दुई सदस्य रहेको जनता समाजवादी पार्टीले पनि अर्थ वा भौतिकमा दाबी गर्ने जनाएको छ ।

पहिले ३ दलले ३ प्रमुख मन्त्रालयको बाँडफाँट गर्ने र बाँकी ३ कांग्रेस र माओवादीले पाउने पक्काजस्तै छ । सरकार गठनबारे वार्ता गर्न जसपाले पनि कमिटी बनाएको छ । प्रदेश इन्चार्ज गणेशमान गुरुङको संयोजकत्वमा डिबी नेपाली, हरिशरण आचार्य, मोति रिजाल र धनमाया पोखरेल वार्ता कमिटीमा छन् ।

संम्बन्धित समचार

Leave a Reply