बागमती प्रदेशसभाको बैठक आज बस्दै

बैशाख २, हेटौडा । लामो समयसम्म रोकीएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply