नयाँ सालको पहिलो सेयर कारोबारमा नयाँ रेर्कड ! आज कति कित्ता शेयर किनबेच भयो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २,काठमाडौँ । नयाँ सालको पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो ।

नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ । बिहीबारसम्मको पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

दिनभर भएका ९५ हजार ७ सय ३७ कारोबारबाट २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस