नमस्ते ग्रामीण बिकास समाजको १२ औ साधारणसभा सम्पन्न

Post Thumbnail

असोज १९,धादिङ । नमस्ते ग्रामीण बिकास समाज को १२औ साधारणसभा सम्पन्न भएको छ । सस्थाको  सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार रुबिभ्याली गाउँपालिका वडा ५ , कपुरगाउँमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य जगत सिखडाले उत्तरी धादिङ र लापा क्षेत्रको लागि सडक, खानेपानी बिद्ध्यालय, स्वास्थ ,सञ्चार र पर्यटन बिकास को लागी प्रदेश सरकार लागि परेको र प्रयाप्त बजेट बिनियोजन गरेको बताए ।

स्थानीय जनसमुदाय को तर्फबाट यस क्षेत्रमा सुरक्षाको प्रत्याभूतिको लागि पहिलो पटक गाउँ आइपुगेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे समक्ष शान्ति सुरक्षा माग गरियको थियो। प्र.जि.अ पाण्डेले प्रहरिको युनिटहरु राखेर गाउँबासिलाइ सुरक्षा प्रदान गर्न लागि प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक डम्बर बहादुर बि. क. सामाजिक अभियन्ता दिनेश तामाङ , वडा अध्यक्ष धिराज तामाङ लगायत ले शुभकामना व्यक्त गरे ।

हाल सस्थाले ७ वटा भुकम्प प्रतिरोधी बिद्ध्यालय , ४ वटा बिद्ध्यालयमा पक्की शौचालय ,३ वटा खानेपानी योजना, २ सय २७ घरधुरी शौचालय निर्माण सहयोग, उन्नत जातको बाख्रा बोका १ सय ३४ ब्यक्ति लाई सहयोग, कृषी तथा पर्यटन बिकास , महिला तथा बालबालिका को लागि कार्यक्रम हरु सन्चालन गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस