प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला

वैशाख ३ काठमाडौं । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय भएको कम्पनीका सचिव अमित भण्डारीले जानकारी दिए । सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।

प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्टचन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । सिटौला कृषि विकास बैंकमा  सीईओ पदमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरी कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् ।

उनले कर्जा सूचना केन्द्रको अध्यक्षका रुपमा कार्य गरे भने बीमा संस्थान र नेपाल स्टक एक्सचेन्जमा संचालकका कार्य गरेका थिए । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यको रुपमा पनि सिटौलाले काम गरेका थिए । राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वाञ्चल ग्रामीण विकास बैंंकको सीइओको रुपमा काम गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply