बालुवाटारमा सर्वदलिय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ४, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ४,काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

थापाका अनुसार संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिको हो ।

मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका हुने थापाको भनाइ छ । बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस