टी-२० सिरिज: नेदरल्याण्ड्सले मलेसियालाई दियो १९२ रनको लक्ष्य

वैशाख ५ काठमाडौं । काठमाडौँमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको हो ।

ओपनिङ ब्याटिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

म्याक्स ओ’डोडले इनिङ्सभर ब्याटिङ गर्दै अविजित १३३ रन बनाए । जसका लागि उनले ७३ बल खेल्दै १५ चौका र ६ छकका प्रहार गरे । उनले ९६ रन बाउन्ड्रीबाट मात्रै जोडेका थिए ।

यसका साथै म्याक्स ओ’डोडले तेस्रो विकेटका लागि बेन कुपरसँग अविजित १२५ रनको साझेदारी गरे । नेदरल्याण्ड्सका लागि यो कुनै पनि विकेटका लागि भएको दोस्रो उच्च साझेदारी हो भने तेस्रो विकेटका लागि पहिलो उच्च साझेदारी हो ।

म्याक्स ओ’डोड र बेन कुपरले नै सन् २०१९ मा आयरल्याण्ड्सविरुद्ध दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply