दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला गाडी नचल्ने

  • अनलाइन केन्द्र
  • / अटाे /
  • २०७५ आश्विन २०, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौं ।  दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् ।

सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो ।

दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने,‘दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।’

ठूला सवारीले बाटो जाम बनाउने भएकाले दसैंका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै ठूला सवारीलाई रोक लगाइएको विभागको भनाइ छ ।

सो सडकखण्डमा अरू बेला पनि हरेकदिनजसो घण्टौंसम्म जाम हुने गर्छ ।

त्यस्तो जाममा परेर दसैंमा घर जाने यात्रुलाई समस्या नहोस् भन्दै सरकारले यस्तो निर्णय गरेको सूचना अधिकारी उपाध्याले बताए ।

नारायणघाट–काठमाडौं सडकखण्डमा आवतजावत गर्ने यात्रुहरूले ठूला मालवाहक सवारीसाधनका कारण घण्टौं जाममा पर्नुपर्ने बाध्यता छ ।

यस्तो समस्या अरू बेलाभन्दा दसैंका बेला बढी हुने गरेको छ । त्यसैले सर्वसाधारणलाई सहज रूपमा आवतजावत गर्न ठूला  सवारीलाई प्रतिबन्ध लगाइएको हो ।

विभागका अनुसार ठूला मालवाहक सवारीसाधनलाई २४ असोजदेखि असोजदेखि ३१ असोजसम्म नारायणघाटमै रोकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस