मन्त्रिपरिषद् बैठकमा शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ , सरकारका प्रवक्ता पार्वत गुरुङले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस