आज बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । आज दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस