कांग्रेसमाथी उपप्रधानमन्त्री पोखरेलको कटाक्ष : ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन् ?’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २०, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न सबैलाई आग्रह गरेका छन ।

उपप्रधानमन्त्री पोखरेलले ३ वर्ष अघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन् ?’ भनेर खोजी गर्न केन्द्रित हुन पनि सबैलाई आह्वान गरे । उनले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति संकेत गर्दै संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले विगतका सरकारले नगरेको संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले अरु कामलाई अघि बढाउन नसकेको पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार मेल नखाने नीति, विधि र संरचना खारेज गर्ने घोषणा पनि गरे । शनिबार धोबीखोला करिडोर परियोजनासम्बन्धी नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले काठमाडौंको ढल, सडक, खानेपानीलगायतका संस्थाहरुको संरचना अन्तरविरोधी रहेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताएका हुन ।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस