नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

Post Thumbnail

बैशाख ९, काठमाण्डौ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत १ कोरोना संक्रमित महिलाको बिहीवार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीवार बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा बिहीवार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए । उनले वैशाख ३ गते नै संक्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टीनमा राखिएको भए पनि स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अस्पतालको आईसीयूमा भर्ना गरी उपचार हुँदै आएको बताए ।

यससँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको संख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो १ हप्ताभित्र कोरोना संक्रमणकै कारण पर्सामा ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस