ईन्डियन प्रिमियर लिग आईपीएल : राजस्थानविरुद्ध बैंगलोरको १० विकेटको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौ । ईन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत बिहिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । जितका लागि राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको बैंगलोरले १६।३ ओभरमा कुनै विकेट नगुमाइ १८१ रन बनाएको हो ।

जितसँगै बेंगलोर शीर्ष स्थानमा उक्लिएको छ। उसको ४ खेलमा ८ अंक छ । चेन्नई ४ खेलमा ३ मा जित र एकमा हारसहित दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक भएपनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । पराजित राजस्थान पुछारमा छन् । उसको २ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस