राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो । आयोगका अनुसार नेकपा माओवादी केन्द्रकातर्फबाट राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट सदस्य निर्वाचित रामबहादुर थापा बादलको रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने आयोगले जनाएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ वैशाखमा नेपाल सरकारको निर्णयबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको बताएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पदरिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त भएको थियो । थापा हाल नेकपा एमालेको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा छन् । उपनिर्वाचनको मिति तय भएसँगै आयोगले दल दर्ता गर्ने समयावधि पनि तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस