वैशाख १७ गतेदेखि आउँदैछ २५ करोड १८ लाख बराबरको आईपीओ, कहिलेसम्म दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०, काठमाडौं । यही वैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ आउने भएको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीलाई आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहने बताइएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस