२ अर्ब ६९ करोडको आईपीओ आउँदै, तपाईको भागमा कति ?

बैशाख १०, काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा छुट्टै क्रेज देखिन थालेको छ । बजारमा दिनहुँ नयाँ लगानीकर्ता भित्रिरहेका छन् । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको छ । झन् प्राथमिक सेयर आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । जुन कुरा यसअघि खुल्ला भएको केहि कम्पनीको आइपिओमा परेका आवेदनले देखाउँछ । पछिल्लो समयमा आइपिओमा गरेभन्दा दोब्बरबढी आवेदन पर्ने गरेको छ । जसले गर्दा भाग्यमानीको हातमा मात्र आइपिओ पर्ने गरेको छ ।
तपाई पनि यसअघि खुल्ला गरिएको विभिन्न कम्पनीको आइपिओ नपरेर चिन्तित हुनुहुन्छ रु त्यसो हो भने यी हाइड्रोपावरको आईपीओ तपाईको भागमा पर्न पनि सक्छ । विभिन्न ७ वटा कम्पनीले छिट्टै नै साधारण सेयर आईपीओ निष्कासन गर्दैछन् ।

यी कम्पनीहरुले २ अर्ब ६९ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ७९ हजार ७ सय ४० कित्ता जुन नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० को पाइपलाइनमा रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply