दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु

असोज २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ ।

विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ । ती संस्थाले पनि आजैदेखि नयाँ नोट वितरण सुरु गरेका छन् ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

आजदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई/दुई र १ सय दरका एक बण्डल गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply