नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु हुँदा २६ सय १८ जना संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ बैशाख ११, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११,काठमाडौं । नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४ सय ८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस