संविधानसभाका दुई पूर्वसभासद्को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२, काठमाण्डौ । संविधानसभाका दुई पूर्व सभासद्को मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचाररत बाँकेकी कांग्रेस नेतृ मोहम्मदी सिद्धिकीको शनिवार साझ उपचारका क्रममा मृत्यु भएको हो । सिद्धिकी २०६४ सालको संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सभासद थिइन् ।

शनिवार नै पूर्व सांसद लक्ष्मण राजवंशीको निधन भयो । काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलका संस्थापक समेत रहेका राजवंशीको शनिवार निधन भएको हो । उनी २०७० सालको संविधानसभामा नेपाः राष्ट्रिय पार्टीको तर्फबाट सांसद थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस