शिशिर योगीको नयाँ गीत सार्वजनिक [भिडियोसहित]

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७८ बैशाख १२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । कर्णप्रिय आवाजका धनी गायक शिशिर योगीको नयाँ गीत ‘माया छेउमै नआउने’सार्वजनिक भएको छ । गीतका रचनाकार हरिहर तिमिल्सिना हुन् । यसमा सङ्गीत र स्वर शिशिरको रहेको छ । शिशिरले राष्ट्रिय भाव, करुण रस प्रधान, सामाजिक चेतना र जागरणका गीत गाउने गायकको परिचय बनाए शिशिरले यसपटक भने नयाँ शैलीको गीत लिएर आएका हुन् ।

यस गीतमा लोक शैली र आधुनिक शैलीको फ्युजन गरिएको छ । गीत पूर्ण रुपमा रोमान्टिक एवम् मनोरञ्जनमूलक छ । उक्त गीतको म्युजिक भिडियो शिशिरकै च्यानलमार्फत सार्वजनिक भएको छ ।
सुरेश शाहीले एरेन्ज गरेको गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफीमा सुधिर श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनय रहेको छ भने वीरेन्द्र भाट विपीनले यसको निर्देशन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस