समता लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा ९५.०३ प्रतिशतले बढ्दा ईपीएस कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२, काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ३८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ९५.०३ प्रतिशतले नै बढेर १ अर्ब भन्दा माथी पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५३ करोड १८ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६१.३० प्रतिशतले बढेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस