सिके राउतसहित तीन जना रौतटहबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २१, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

२१ असोज, काठमाडौं । स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

रौतहट प्रहरीले उनलाई आइतबार पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। राउत यसभन्दा अघि पनि राज्य विप्लवको मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस