नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजि बजारमा सामुहिक लगानी कोष अन्तर्गत योजनाहरु सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १४, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजी बजारमा सामूहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने भएको छ । बैंकका अनुसार उदेश्य अनुरप आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी गर्ने भएको हो ।

बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ ।

“एनआईबिएल म्युचुअल फण्ड” को पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड –१” सफलतापूर्वक संचालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण समेत गरेको हो ।

आगामी आर्थिक वर्षमा योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।
पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उदेश्यका साथ बैँकले “एनआईबिएल म्युचुअल फण्ड” अन्र्तगत संचालन हुने चौँथो योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड – २” नामको बन्दमुखी योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।

योजनाको आकार रु. १ अर्ब २० करोड   (एक अर्ब बिस करोड रुपैँया) र यस योजना १० वर्षको अवधिसम्म संचालनमा रहनेछ ।

प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने जनाएको छ ।

योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवम् निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ ।

सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको कम्पनीले जनाएको छ  ।

प्रभावकारी वार्षिक प्रतिफल ९भाभअतष्खभ ब्ललगब िच्भतगचल० को रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ ।

साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस